नियम ११६
मालसामानको नमूना फिर्ता गर्ने
(१) बोलपत्र मूल्याड्ढन हु“ंदा असफल भएको
बोलपत्रदाताले आफूले पेश गरेको मालसामानको नमूना फिर्ता लिन सम्बन्धित
स्थानीय निकाय समक्ष खरिद सम्झौता भएकोे सात दिनभित्र लिखित रुपमा अनुरोध गर्न
सक्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुरोध भएकोमा त्यस्तो मालसामानको नमूना
परीक्षणमा नष्ट नभएको भए ढुवानी गर्ने र प्याकेजि· गर्ने लगायतका सम्पूर्ण खर्च
बोलपत्रदाताले नै व्यहोर्ने गरी त्यस्तो नमूना स्थानीय निकायले निजलाई फिर्ता गर्नु
पर्नेछ ।
(३) स्वीकृत बोलपत्रको बोलपत्रदाताले पेश गरेको मालसामानको नमूनाको
आपूर्ति गरिने मालसामानस“ग तुलना गर्ने प्रयोजनको लागि स्थानीय निकायले बोलपत्र
मूल्याड्ढन समितिबाट प्रमाणित गराई सुरक्षित राख्नु पर्नेछ ।